काठमाडौं । नेपालको सबैभन्दा ठ्रलो संचार सेवा प्रदायक संस्था नेपाल टेलिकमको संचालकमा शंकर लामीछानेको जित सुनिश्चित भएको बताईएको छ ।
नेपाल टेलिकममा क्रियाशिल दुइ कर्मचारी संगठन नेपाली कांग्रेस निकट मानिने नेपाल टेलिकम वर्कस युनियन र माओवादी केन्द्र निकट मानिने नेपाल राष्ट्रिय कर्मचारी संगठन बिच औपचारीक समझदारी बनेपछि शंकर लामिछानेको जित सुनिश्चित भएको राष्ट्रिय कर्मचारी संगठनका नेता बाबुजी पंडितले संसारन्यूजसंग बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनले कर्मचारी र संस्थाका बिषयमा उठाउँदै आएका कतिपय बिषयमा असहमति हुँदाहुँदै र कतिपय बिषयमा दुई संगठनबिच अनौपचारिक समझदारी रहंदै आएका सन्दर्भमा बर्तमान अवस्थालाई हृदयंगम गरी संस्थालाई नयाँ उचाईमा उठाउन दुई संगठनबिच ऐक्यबद्धता आवश्यक रहेको जनाएका छन् ।
नेपाल टेलिकमको कर्मचारी संचालक प्रतिनिधिमा शंकर लामिछानेलाई बिजय गराउन भन्दै दुई संगठनका तर्फबाट संयुक्त अपिल जारी गरिएको छ ।
सो अपिलमा नेपाल टेलिकम वर्कर्स युनियनका तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद जोशी र महासचिव महेश्वर खड्का तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका तर्फबाट अध्यक्ष दामोदर केसी र महासचिव तेज बहादुर शाहीले हस्ताक्षर गरेका छन् । निर्वाचन यहि जेठ २७ गते हुदैछ ।

वि.सं.२०७९ जेठ २५ बुधवार ११:४१ मा प्रकाशित






























