काठमाडाैं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उनले संविधान संशोधन गरेर निर्वाचन लड्न ७० वर्षे उमेर हद राख्न माग गरे ।
‘हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको प्रणाली राखेका छौं तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ’, भट्टराईले भनेका छन्, ‘अब ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि निकायहरूमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने?’
भट्टराईले आफूहरूलाई र्याल–सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री नचाहिएको बताए।
‘हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो। यस विषयमा सबै राजनीतिक दलहरूले एक मत बनाऔं भनेर ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने।
वि.सं.२०७९ जेठ २५ बुधवार १३:५९ मा प्रकाशित






























