युके । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेले स्वास्थ्य शिविर संचालन गरेर निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
उक्त अवसरमा सहभागीहरुको ब्लड प्रेसर, डायबेटिज, कोभिड परीक्षण आदि गरिएको संघका प्रवक्ता भरतमणि चोङ्गबाङ्गले बताएका छन् ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरको संयोजनमा भएको उक्त शिविरमा नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम, नर्सहरु सिलु आचार्य, सपना खनिया, डा. विशाल गुरुङ लगायत स्वास्थ्य स्वंयसेवकहरुले सेवा दिएका थिए ।
संघका अध्यक्ष गाहामगरले स्वयंसेवक र स्वास्थ्यकर्मीहरुको टिमलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहकार्य गरेर अझ राम्रा काम गर्न सकिने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए यूकेका प्रमख संरक्षक शेर सुनार, उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष विष्णु खरेल, सदस्य बालकृष्ण दाहाल, सल्लाहकार शान्ति थापा कुंवर, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष मान गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन लगायत स्वास्थ्य शिविर पुगेर स्वयंसेवकहरुलाई हौसला प्रदान गरेका थिए ।
उपाध्यक्ष सेनले स्वयंसेवकहरुका लागि खाजा र पानी व्यवस्था गरेका थिए ।
वि.सं.२०७९ जेठ २५ बुधवार १४:११ मा प्रकाशित






























