back
CTIZAN AD

सिन्धुपाल्चोकमा अनाैठाे गठबन्धन : कांग्रेस र समाजवादी एकातिर, एमाले–माओवादी अर्काेतिर

वि.सं.२०७९ जेठ २६ बिहीवार

1K 

shares

काठमाडाैं । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ ।

एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएको कांग्रेस जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिनुभयो । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ ।

कांग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ । ती दुई दलका बीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ । कांग्रेसलाई जिससमा आफ्नो नेतृत्वका लागि एक भोट अपुग थियो । बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये कांग्रेसको १२, एमालेको सात, नेकपा (माओवादी केन्द्र)को चार र एकीकृत समाजवादीको एक मत छ । जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिने व्यवस्था छ ।

यस्तै जिसस निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल हुने भएको छ । ती दुईदलसंग ११ मत छ । प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी दिने भएका छन् ।

समाजवादीले भने उपप्रमुखमा को उठाउने भन्ने अझै टुङ्गो हुनसकेको छैन । स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

वि.सं.२०७९ जेठ २६ बिहीवार १४:५६ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...