काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा हडताल गर्न नपाइने सूचना जारी गरेको छ ।
मन्त्रालयले जेठ २६ को राजपत्रमा सूचना जारी गर्दै आवश्यक सेवा संचालन ऐन, २०१४को दफा ३को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हडताल गर्न नपाइने जनाएको हो ।
मन्त्रालयले हड्ताल निषेध गरेका क्षेत्रहरुमा टेलिफोन, बैंक, बीमा, सञ्चार र इन्टरनेट सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, औषधी निर्माण तथा विक्रि वितरण सेवा, फोहोरमैलाको संकलनलगायत छन् ।
यस्तो छ सूचना :
वि.सं.२०७९ जेठ २७ शुक्रवार १५:५१ मा प्रकाशित






























