back
CTIZAN AD

हिमाली क्षेत्रमा मूल्यवृद्धिको चरम असर, अरु क्षेत्रमा कस्तो ?

वि.सं.२०७९ जेठ २७ शुक्रवार

639 

shares

काठमाडाैं । हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ । हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ ।

केन्द्रीय बैंकका अनुसार तराई क्षेत्रमा मुद्रास्फिती ८.१५ प्रतिशत बराबर रहेको छ । काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत बराबरको मुद्रास्फीति रहेको छ । विसं २०७८ वैशाखमा काठमाडौँ उपत्यकाको मुद्रास्फिती ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत बराबर थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको पाइएको छ । गत वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फिति ५.८४ प्रतिशत छ ।

विसं २०७८ वैशाख महिनाको तुलनामा गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा मात्रै २४.८६ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११.३० प्रतिशत , दाल तथा गेडागुडीमा १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.७० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा २१.८१ प्रतिशत, शिक्षा र मनोरञ्जनमा ११.६४ प्रतिशत तथा संस्कृति उपसमूहमा ८.२१ प्रतिशतको मुद्रास्फीति भएको पाइएको छ ।

वि.सं.२०७९ जेठ २७ शुक्रवार १७:५७ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...