back
CTIZAN AD

जिसस गोरखामा माओवादी केन्द्र निर्विरोध

वि.सं.२०७९ जेठ ३० सोमवार

798 

shares

गोरखा । गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन भएका छन् । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए ।

समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित भएकी छन् । उनी सहिद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी भएकी थिइन् । प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । समन्वय समितिको सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गङ्गाबहादुर वयलकोटी निर्विरोध चयन भएका छन् । समन्वय समितिमा कूल २२ मतदाता थिए ।

जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

वि.सं.२०७९ जेठ ३० सोमवार १९:२३ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...