back
CTIZAN AD

एसपीपीमा सहभागी नहुने लगायत यी हुन् मन्त्रिपरिषद्ले गरेका सात निर्णय

वि.सं.२०७९ असार ७ मंगलवार

687 

shares

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले एसपीपी अघि नबढाउने लगायतका विभिन्न सात निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार बिहान मन्त्रिपरिषदको बैठकले गरेको सात निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले गरेको उक्त सात निर्णयको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको रहेको छ ।

त्यसैगरी दोस्रो नम्बरमा सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने रहेको छ भने नंम्बर ३ मा. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै निर्णय नम्बर ४ मा .नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने र निर्णय नम्बर ५ मा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी उनिउपर जाँचबुझको कार्य अघि बढाउने निर्णय गरेको छ ।

सोहि बैठकको निर्णय नं ६ मा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र निर्णय नम्बर ७ मा राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७९ असार ७ मंगलवार १३:१९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...