काठमाडौं । संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।
लामो समयसम्म पत्रकारिता क्षेत्रमा लागेर आफ्नो पहिचान बनाएका लामिछानेले केहीदिनअघि आफु कार्यरत संचारमाध्यमबाट राजीनामा दिएर राजनीतिमा आउने घोषणा गरेका थिए ।
राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रमका बीच लामिछानेले आफू राजनीतिमा होमिएको बताउँदै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक नयाँ दलको औपचारिक रुपमा घोषणा गरेका हुन् ।
आफ्नो पार्टीलाई युवाहरुको पार्टी बनाउने बताएका लामिछानेले आफ् देशको अवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तनका लागि राजनीतिमा आएको बताए ।
आफ्नो पार्टीमा ५० प्रतिशत युवा हुने बताउँदै लामिछानेले भने–‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छ । ’
वि.सं.२०७९ असार ७ मंगलवार १४:०२ मा प्रकाशित





























