back
CTIZAN AD

भोलिदेखि हवाई सेवा बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा

वि.सं.२०७९ असार ७ मंगलवार

666 

shares

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार)देखि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने घोषणा गरेको हो।

संघका अध्यक्ष रामेश्वर थापाले वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए। “२४/२५ वर्षमा धेरै कुरा सिक्दै आएका छौँ। अहिले नेपालको वायुसेवा अन्तर्राष्ट्रिय रूपमा पहिचान पाएको छ। नेपालको वायु सेवाले नाफाभन्दा सेवामा ध्यान दिएको छ”, अध्यक्ष थापाले भने,“यही वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरू भएको छ।’

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न भन्दै काठमाडौं बाहिरका विमानस्थलमा पनि पार्किङका लागि आधार ताेक्ने निर्णय गरेकाे थियाे l विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो।

क्यानकाे नयाँ प्रावधानहरु खारेज गरी पहिलेकै व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले विना अवरोध सेवा यथावन सञ्चालन गर्न पाउने पर्ने माघ संघको छ ।

वि.सं.२०७९ असार ७ मंगलवार १३:५६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...