
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज सबै सेवा बन्द गर्ने भएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै आज कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द रहेको जानकारी गराएको हो ।
‘यहि २०७९ साल आषाढ १० गते शुक्रबारका दिन त्रि.वि. कर्मचारी संघ, केन्द्रीय समितिको निर्वाचन हुने भएकाले उक्त दिन यस कार्यालयबाट प्रवाह हुने सबै सेवाहरु बन्द हुने जानकारी गराइन्छ ।’ कार्यालयद्धारा जारी सूचनामा भनिएको छ ।