back
CTIZAN AD

एसभित्रको विवादबारे बोले योगेश, भन्छन्– माधव नेपाललाई गरेको अनुनय सम्झिएँ

वि.सं.२०७९ असार १० शुक्रवार

714 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रिपरिषद् हेरफेरलाई लिएर विवाद चर्किएको छ । एसभित्रको विवादप्रति नेकपा (एमाले)का नेताहरुले पनि चासो देखाएका छन् । १० बुँदे सहमति गर्दै एमाले प्रवेश गरेका नेता योगेश भट्टराईले एसभित्रको विवादबारे पहिलो प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत एसभित्रको विवादबारे बोलेका भट्टराईले पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको सम्झिएको बताएका छन् । उनले भनेका छन्, “एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनै दिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।”

आफूले त्योबेलै चिनेका खेलाडीहरु माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने पनि उनले बताए । “हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्मबोध र पश्चाताप स् सिर्फ कहिले ?” योगेशको प्रश्न छ ।

वि.सं.२०७९ असार १० शुक्रवार १४:१५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...