back
CTIZAN AD

घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत

वि.सं.२०७९ असार १० शुक्रवार

753 

shares

देउखुरी । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आवका लागि रु दुई अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट प्रस्तुत गरेकी छन् ।

उपमहानगरपालिकाको कूल बजेटमध्ये सङ्घ सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु ७४ करोड दुई लाखमध्ये रु १० करोड ३० लाख अर्थात् १३ प्रतिशत पूँजीगत खर्च हुनेछ भने रु ६३ करोड ७२ लाख अर्थात् ८६ प्रतिशत चालु खर्चका लागि हुनेछ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु पाँच करोड ४० लाख अर्थात शतप्रतिशत पूँजीगत खर्च हुनेछ ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजन गरिएको रु एक अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये रु ६१ करोड ६९ लाख ८१ हजार अर्थात् ४०.२० प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु ९१ करोड ७९ लाख १० हजार अर्थात् ५९.८० प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको उपप्रमुख डिसीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

घोराहीको कूल बजेट रु दुई अर्ब ३२ करोडमध्ये रु एक अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात् ५३.८५ प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु एक अर्ब सात करोड ४९ लाख १० हजार अर्थात् ४६.१५ प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको छ । घोराही उपमहानगरपालिकाले आगामी आव २०७९÷०८० मा रु ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । घरजग्गा रजिष्टे«शनसमेत मध्येबाट यो रकम आय हुने अनुमान गरिएको छ ।

सङ्घीय वित्तीय समानीकरण अनुदानबाट रु ३५ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड ७६ लाख ५८ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु सात लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड बेहोरिनेछ । यस्तै प्रदेश समानीकरण अनुदानबाट रु एक करोड ६७ लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु चार करोड ४४ लाख ५७ हजार, प्रदेश सःशर्त अनुदानबाट रु एक करोड ६० लाख, प्रदेश समपूरक अनुदानबाट रु तीन करोड, प्रदेश विशेष अनुदानबाट रु ८० लाख बेहोरिनेछ । यसमा नपुग हुने रकम रु ५३ करोड ५८ लाख ५१ हजार चालु आवर्ष २०७९÷०८० को बंैंक मौज्दातबाट बेहोरिनेछ ।

यसबाहेक उपमहानगरपालिकालाई सङ्घ तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रमलगायत अन्य कार्यक्रमको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आव २०७९÷०८० को बजेट प्रक्षेपणमा समावेश नगरिएको पनि उपप्रमुख डिसीले बजेट प्रस्तुतीकरणमा जानकारी दिइन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख डिसीले बजेट प्रस्तुत गरेकी थिइन् । बजेटका बारेमा आगामी सोमबार छलफल हुने नगरप्रमुख चौधरीले जानकारी दिए ।

वि.सं.२०७९ असार १० शुक्रवार २०:२९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...