back
CTIZAN AD

आय-व्ययको वार्षिक अनुमानसहितको बजेट सार्वजनिक

वि.सं.२०७९ असार ११ शनिवार

738 

shares

कर्णाली । सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र आय–व्ययको वार्षिक अनुमानसहितको बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले सडक, खानेपानी पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुक्रबार प्रमुख/अध्यक्षमार्फत नीति तथा कार्यक्रम र उपप्रमुख/उपाध्यक्षमार्फत वार्षिक बजेट सार्वजनिक गरेका हुन् ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले केही योजनासहित अधिकांश पूरा योजनालाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी र चिंगाड गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेका छन् । वीरेन्द्रनगरले रु एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० ल्याउँदा चिंगाडले रु ४९ करोड ३८ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले बढी चाप भएका मङ्गलगढी चोक र एरीचोकमा आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, सिटी बसपार्क विस्तार गर्ने, भेरी लिफ्टिङ आयोजनाका लागि सङ्घ, प्रदेश र विकास साझेदारसँग सहकार्य गर्न कोष स्थापना गर्ने, तत्कालको खानेपानी समस्या समाधानका लागि ओभरहेड ट्याङ्की, डिप बोरिङका योजना सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको बताए । उनका अनुसार वीरेन्द्रनगरले पूँजीगततर्फ रु ५३ करोड ५५ लाख ३६ हजार ५००, चालुतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । क्रमागत र अधुरा रहेका योजनालाई पूरा गर्ने गरी बजेट ल्याएको नगरप्रमुख ढकालको भनाइ छ ।

जिल्लाको दोस्रो ठूलो नगरपालिका गुर्भाकोटले आर्थिक वर्ष २०७९/८० का लागि रु ९५ करोड ५८ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मैना विकले प्रस्तुत गरेकी बजेटमा चालुतर्फ रु ६८ करोड ९ लाख ३३ हजार तथा पूँजीगततर्फ रु २४ करोड ९९ लाख बजेट विनियोजन छ । उपप्रमुख विकले पूर्वाधार निर्माणाधीन आयोजनालाई आगामी वर्ष पूरा गर्ने लक्ष्य राखिएको बताइन् ।

लेकबँसी नगरपालिकाले रु ७४ करोड ८७ लाख नौ हजार ५७ बजेट ल्याएको छ । चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ तथा पूँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ बजेट विनियोजन गरिएको छ । चिंगाड गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रु ४९ करोड ३८ लाख ९६ हजार ८९६ को बजेट सार्वजनिक गरेको अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिनुभयो । चिंगाडले वडा नं ४ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा खुला जुलोजिकल तथा बोटानिकल पार्क निर्माणलगायत योजना समेट्दै चालुतर्फ २८ करोड ७७ लाख १० हजार तथा पूँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० बजेट विनियोजन गरेको हो । भेरीगङ्गा नगरपालिकाले रु ६७ करोड पाँच लाख ८१ हजार ७७९, सिम्ता गाउँपालिकाले रु ५९ करोड ३४ लाखको बजेट सभासमक्ष पेस गरेका छन् ।

त्यस्तै, पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । पञ्चपुरीका उपप्रमुख मुक्तिदेवी रेग्मीले आगामी आर्थिक वर्षका लागि नगरसभामा रु ८६ करोड २० लाख ४८ हजार ६५१ बजेट प्रस्तुत गरिन् । बराहताल गाउँपालिकाले रु ६२ करोड ७१ लाख आठ हजार ६२३ र चौकुने गाउँपालिकाले रु ५७ करोड ६८ लाख ४४ हजार बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले क्षेत्रगत विनियोजनतर्फ सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै, लक्षित वर्ग विशेष, पर्यटन प्रवद्र्धन, विभिन्न कार्यक्रममार्फत प्रोत्साहन, अनुदान, विद्युतीकरण कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन् । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि गाउँ/नगरसभाका सदस्यले छलफल गर्नाका साथै सुझावसहित पारित भएपछि उक्त बजेट साउन १ गतेदेखि लागू हुनेछ ।

वि.सं.२०७९ असार ११ शनिवार १६:४८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...