back
CTIZAN AD

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आगामी तीनदिन यी नदिको वहाव बढ्ने

वि.सं.२०७९ असार १२ आइतवार

1K 

shares

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यस्तै आगामी ३ दिन कोशी, नारायणी, कमला, बागमती र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको छ ।

वि.सं.२०७९ असार १२ आइतवार ०९:३१ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...