back
CTIZAN AD

समयमै गुणस्तरीय काम सम्पन्न गर्दा पालिकाद्धारा सम्मान

वि.सं.२०७९ असार १२ आइतवार

966 

shares

भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन्न गरेको जनाउँदै राउत कन्स्ट्रक्शनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।

पौवादुङको मुख्य सडकका रूपमा रहेको तिवारीभञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उनले भने, “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्ने थप ऊर्जा मिल्ने छ ।” अहिले स्तरोन्नतिको काम भइरहेको भए पनि यो सडकलाई आफ्नो कार्यकालभित्र कालोपत्र गर्ने उद्देश्य रहेको अध्यक्ष राईले जानकारी दिए ।

सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जीनियरले नियमित अनुगमन तथा आवश्यक सहयोग पु¥याएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताए । उनले भने, “राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले उनलाई सम्मान गरेको हो ।”

गाउँपालिकाले गरेको यो सम्मानले आफूलाई काम गर्न थप ऊर्जा मिलेको राउत कन्स्ट्रक्शनका सञ्चालक राउतले बताए । उनले भने, “उनीहरुको साथ सहयोगबिना यो काम सम्भव थिएन । स्थानीय, गाउँपालिकाका कर्मचारी तथा गाउँपालिका अध्यक्षको सहयोगमा म समयमै काम सम्पन्न गर्न सफल भएँ । मेरो कामको सम्मान गरिदिएकामा गाउँपालिका अध्यक्ष तथा गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

सडकको स्तरोन्नतिले यहाँका सानोदुम्मा, ठूलोदुम्मा र बास्तिमका नागरिक बाह्रै महिना सडकको पहुँचमा जोडिएका छन् । यो सडक जिल्लाको पूर्वी क्षेत्रबाट तराई जिल्ला जोड्नका लागि सबैभन्दा छोटो मार्ग हो । यो सडकबाट यात्रा गर्दा २३ किमी बाटो छोटो हुनेछ ।

वि.सं.२०७९ असार १२ आइतवार १०:१६ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...