back
CTIZAN AD

माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन प्रदान

वि.सं.२०७९ असार १२ आइतवार

828 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित हलेसी मन्दिरलाई सो मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले असार ११ गते शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको समुपस्थितीमा  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

बैंकका अनुसार हाल प्रसिद्ध हलेसी मन्दिरमा दैनिक रुपमा सयाैं दर्शनार्थीहरु दर्शन गर्न आउने भए पनि मेसिनको अभावमा एक दिनमा के कति दर्शनार्थीले दर्शन गरे भन्ने कुराको रेर्कड मन्दिरसंग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले प्रदान गरेको मेसिनमा सिसि टिभि क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पुर्याउने विश्वास बैंकले लिएको छ । आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्रको रुपमा रहेको प्रसिद्ध हलेसि मन्दिरको संरक्षण र प्रवर्द्धनको लागि मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको जनाएको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको जनाएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १०:२४ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...