काठमाडौं । भन्सार एजेन्टको नतिजा प्रकाशित भएको छ । गत वैशाख १७ गते भएको एजेन्टको नतिजा प्रकाशित भएको हो ।
भन्सार विभागका अनुसार लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जनाले नाम निकाल्न सफर भएका छन् ।
लिखित परीक्षामा नाम निकालेका उम्मेदवारहरुको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लिखित र अन्तर्वार्ता पछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबार छनोटको निर्णय गरेको हो ।
वि.सं.२०७९ असार १६ बिहीवार ०८:५८ मा प्रकाशित






























