काठमाडौं । आइएमई पेले नेपाललाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर ल्याएको छ । पेले इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका लागि अफर ल्याएको हो ।
पेका अनुसार “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतमरु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्ने व्यवस्था मिलाइएको छ ।
यस अफरको नियम तथा शर्तहरु केवाइसी रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियतमिती(ड्यु डेट) भित्र वा नियतमिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउने आइएमई पेले जनाएको छ ।
वि.सं.२०७९ असार १६ बिहीवार १०:११ मा प्रकाशित




























