
काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ परेका छन् ।
कोरियाको सुवन अध्यागमन कार्यालयका अनुसार अवैद्य रुपमा काम गरिरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।
कोरियाको नियम कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ ।
अध्यागमन अधिकृतका अनुसार कृषि तथा माछा मार्ने मौसमी काम (ई–८) मा प्रवेश गरेका उनीहरुमध्ये २ जनाले कोरियाली कन्सल्टेन्टसँग मिलेर करार अवधि नसकिँदै कामदारलाई अन्य ठाउमा काम लगाइदिने र रकम लिने गरेको आरोप लागेको छ ।