
काठमाडौं । प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) को अध्यक्षमा जोनी पहारी चयन भएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले पहारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी मञ्चको उपाध्यक्षमा यज्ञ ढकाल, सचिवमा निर्देशन त्रिपाठी, सह–सचिवमा मोति खरेल तथा सदस्यहरुमा तोया सापकोटा, उद्दव भट्टराई र प्रवेश केसी रहेका छन् ।
सोहि भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको बताइएको छ ।
कार्यक्रममा प्रमुखअतिथि रहेका पाण्डेले बेलायतमा रहेका नेपालीहरुलाई ज्ञान, सीप र पुँजी लिएर नेपाल फर्किन अपिल गर्दै नेपालको वर्तमान अर्थ राजनीतिका बारेमा लामो व्याख्या गरेका थिए ।
भेलामा एमाले नेताहरू कृष्ण दाहाल, पदम गिरी, जयकुमार राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च युकेका राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया, संगठन विभाग प्रमुख तुङ्ग भुसाल, एनआरएन स्कटल्याण्डका संरक्षक भोला खनाल लगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।