back
CTIZAN AD

प्रवासी नेपाली मञ्च स्कटल्याण्डको अध्यक्षमा जोनी पहारी

वि.सं.२०७९ असार १७ शुक्रवार

696 

shares

काठमाडौं । प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) को अध्यक्षमा जोनी पहारी चयन भएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले पहारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसैगरी मञ्चको उपाध्यक्षमा यज्ञ ढकाल, सचिवमा निर्देशन त्रिपाठी, सह–सचिवमा मोति खरेल तथा सदस्यहरुमा तोया सापकोटा, उद्दव भट्टराई र प्रवेश केसी रहेका छन् ।

सोहि भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको बताइएको छ ।

कार्यक्रममा प्रमुखअतिथि रहेका पाण्डेले बेलायतमा रहेका नेपालीहरुलाई ज्ञान, सीप र पुँजी लिएर नेपाल फर्किन अपिल गर्दै नेपालको वर्तमान अर्थ राजनीतिका बारेमा लामो व्याख्या गरेका थिए ।

भेलामा एमाले नेताहरू कृष्ण दाहाल, पदम गिरी, जयकुमार राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च युकेका राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया, संगठन विभाग प्रमुख तुङ्ग भुसाल, एनआरएन स्कटल्याण्डका संरक्षक भोला खनाल लगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।

वि.सं.२०७९ असार १७ शुक्रवार १६:३६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...