back
CTIZAN AD

स्वास्थ्य बिमा लागू भयो, तर जनता अनभिज्ञ

वि.सं.२०७३ चैत १० बिहीवार

1K 

shares

विनोदसिंह बिष्ट, १० चैत, बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन् ।

स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताउनुभयो । उहाँले उल्टै सोध्नुभयो “स्वास्थ्य बिमा भनेको के होे रु”

शिवनाथ गाउँपालिका–१ कै पदमसिंह चांडले पनि स्वास्थ्य बिमाबारे आफू अनभिज्ञ रहेको बताउनुभयो । “स्वास्थ्य बिमा, स्वास्थ्य बिमा भनेर भन्छन् के हो भनेर बुझ्न सकेको छैन ।”

गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन यसको बारेमा प्रचारप्रसार गर्नुपर्ने भएपनि प्रचारप्रसार पनि नभएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य बिमा कार्यकर्ता गाउँगाउँमा पठाएको भएपनि आफूकहाँ कोही पनि नआएको शिवनाथका स्थानीय रुपसिंह साउदको भनाइ रहेको छ । सबैभन्दा पहिले त स्वास्थ्य बिमा गर्न के गर्नुपर्छ, उहाँले भन्नुभयो “हाम्रो यहाँ कोही पनि स्वास्थ्य बिमा गर्ने मान्छे आएको छैन ।”

सरकारले गत वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि बैतडीमा भने यो वर्ष मात्रै सञ्चालनमा आएको हो । गरिबका लागि उपचार गर्न समस्या नहोस् भनेर ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको हो । स्वास्थ्य बिमा ग¥यो भने के हुन्छ रु बैतडीका स्थानीय कलवीर सार्कीले भन्नुभयो “गरिबका लागि ल्याइएको भए हामी पनि गथ्र्यौँ ।”

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले स्वास्थ्य दर्ता सहायक जिल्लाभरि नै खटाएको बताउनुभयो । ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको र यसका लागि पहल गरिरहेका छाँै, उहाँले भन्नुभयो “ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य बिमाको बारेमा ज्ञान दिइन लागिएको छ ।”

साविकका प्रत्येक गाविस र नगरपालिकाका वडामा आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित दुईजनासम्म बिमा दर्ता सहायक खटाई काम भइरहेको बताइएको छ ।

प्रत्येक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र अन्य सरोकारवालालाई जानकारी गराई गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन प्रचारप्रसार भइरहेको समेत डा अवस्थीले बताउनुभयो ।

सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली, बागलुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीका सदस्यले प्रतिव्यक्ति रु ५०० एक वर्षका लागि बिमा गर्नुपर्ने, सोही वर्ष कोही सदस्य बिरामी भएमा रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

बैतडीको हकमा स्वास्थ्य बिमा गरेबापत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, पाटन र प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीबाट स्वास्थ्य सेवा लिन सकिने बताइएको छ ।

बैतडीमा हालसम्म ७३१ महिला र ७२४ महिला गरी १,४५५ जनाले स्वास्थ्य बिमा गरेका छन् भने ३२ जनाले बिमा पछि सेवा लिएका छन् ।

यो वर्ष स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सरकारले रु दुई अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।

यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताइएको छ ।

वि.सं.२०७३ चैत १० बिहीवार ०३:३२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...