back
CTIZAN AD

वार्षिक नौ हजार क्षयरोगीले उपचार पाउन सकेका छैनन्

वि.सं.२०७३ चैत १० बिहीवार

1.1K 

shares

२० चैत, काठमाडौँ । मुलुकभरि करिब ३४ हजार क्षयरोगका बिरामी छन् । तीमध्ये काठमाडौँमा मात्र तीन हजार ६०० क्षयरोगी छन् ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार नेपालमा वार्षिक ४३ हजार व्यक्तिमा क्षयरोग सङ्क्रमण हुने अनुमान छ । राष्ट्रिय क्षयरोग कार्यक्रममा वार्षिक करिब ३४ हजार बिरामीको निदान तथा उपचार हुने गरेको छ । यो हिसाबले हेर्दा नेपालमा अझ पनि प्रतिवर्ष नौ हजार बिरामी उपचारको पहुँचमा आउन नसकेको देखिन्छ ।

नेपालमा उपचार नपाएर मृत्यु हुने क्षयरोगीको यर्थात तथ्याङ्क पत्ता लगाउन राष्ट्रिय क्षयरोग केन्द्रले ‘टिबी प्रिभ्यालेन्स सर्वे’ गर्दैछ ।

गत आवमा नै सर्वे गर्ने भनिए पनि प्राविधिक कारणले त्यो हुन सकेन् । चालु आव ०७३ बाट सुरु भई तीन वर्षमा सकिने सो सर्वेमा क्षयरोग नियन्त्रण गर्न चालिनुपर्ने उत्तम उपायबारे पनि नयाँ तथ्य आउने अनुमान केन्द्रको छ ।

नेपालमा क्षयरोगका कारण दैनिक १० देखि १५ जना बिरामीको मृत्यु हुने गरेका छन् । क्षयरोगका कारण बर्सेनि चार हजार ५०० देखि पाँच हजारको मृत्यु हुने गरेको तथ्याङ्क केन्द्रसँग छ ।

एक जना क्षयरोगी बिरामीलाई पूर्ण निको हुन करिब रु आठ लाख बराबरको औषधि सरकारले डट्स सेन्टरमार्फत निःशुल्क उपलब्ध गराउँदै आएको छ, स्वास्थ्य सेवा विभागका निर्देशक डा राजेन्द्र लामिछानेले भन्नुभयो – ‘धेरैले पूरा अवधि औषधि नखाई बीचैमा छोड्ने गरेकाले पनि अन्य व्यक्तिमा समेत यो रोग सर्ने चुनौती रहेको छ ।’

“धेरै क्षयरोगीले पूरा समय औषधि नखाएर बीचमै छोड्दिन्छन् जसले गर्दा अरुलाई यो रोग सर्ने गरेको छ, हामीले ल्याउन लागेको जनस्वास्थ्य ऐनमा बिरामीको कर्तव्यका बारेमा उल्लेख गरेका छौँ, जसले बिरामीले पनि आफ्नो कर्तव्य पूरा गर्न के के गर्नुपर्छ भन्ने स्पष्ट पार्नेछ, उहाँले भन्नुभयो ।”

यसै वर्ष ५० श्ययाको छाती रोग अस्पताल निर्माण पनि सुरु गर्न लागेको केन्द्रका निर्देशक डा शरदचन्द्र वर्माले बताउनुभयो ।

आव २०७२÷०७३ मा मात्रै ३२ हजार ३७९ नयाँ क्षयरोगी पहिचान भई डट्स उपचार पद्धतिमा दर्ता भएको केन्द्रले जनाएको छ । तीमध्ये २३ हजार ५२७ अर्थात् ७२ प्रतिशत फोक्सोमा हुने क्षयरोगी र आठ हजार ८५२ अर्थात् २८ प्रतिशत फोक्सो बाहिर हुने क्षयरोगी छन् ।
केन्द्रका वरिष्ठ छाती रोग विशेषक्ष डा मोहनकुमार प्रसाईंले दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, खकारमा रगत देखापर्नु, साँझपख हल्का ज्वरो आउनु, खाना मिठो नलाग्नु, कमजोर हुँदै जानु र छाती दुख्नेमध्ये कुनै पनि लक्षण देखा परेमा क्षयरोग लागेको हुनसक्ने बताउनुभयो ।

क्षयरोगका किटाणु हावाका माध्यमबाट जुनसुकै उमेर समूहका मानिसमा सर्ने भएकाले धरै भीडभाडमा नजान, बाहिर हिँड्दा मास्कको प्रयोग गर्न र खोक्दा वा हाच्छ्यु गर्दा मुख छोप्न तथा रोगीले नियमितरुपमा औषधि सेवन गर्नुपर्ने उहाँको सल्लाह छ ।

क्षयरोगको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सरकारले यसको नियन्त्रण र रोगथामका लागि प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि डट्स उपचार रणनीति सुरु गरेको छ । सन् १९९६ मा नमुनाका रुपमा सुरु गरिएको डट्स उपचार पद्धति ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका साथै निजी स्वास्थ्य संस्था गरी चार हजार ३४४ उपचार केन्द्रबाट निःशुल्क उपचार सेवा दिँदै आएको छ । हाल ५९६ माइक्रोस्कोपिक केन्द्रबाट शङ्कास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आएको केन्द्रले जनाएको छ ।

‘क्षयरोग अन्त्यका लागि सबै सङ्गठित होऔँः सबैलाई सँगै लैजाऔँ’ भन्ने नाराका साथ नेपालमा मार्च २४ लाई विश्व क्षयरोग दिवस मनाउने गरिएको छ ।

वि.सं.२०७३ चैत १० बिहीवार ०३:१७ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...