back
CTIZAN AD

आमा समूहद्वारा आफ्नै सक्रियतामा बस सञ्चालन

वि.सं.२०७३ चैत १० बिहीवार

891 

shares

१० चैत, लमजुङ, बेँसीसहर। लमजुङ नाल्मा गाउँका आमासमूहले आफ्नै सक्रियतामा बस सञ्चालन गरेका छन् ।

बेसीशहर नगरपालिका नाल्मास्थित खुन्द्रुदेवी आमा समूहले गाउँदेखि सदरमुकाम बेसीशहर बजारसम्मका लागि बस किनेर सञ्चालन गरेका हुन् ।

यातायातको अभावमा गाउँलेलाई सदरमुकामलगायत अन्यत्र जान समस्या भएपछि स्थानीय आमासमूहले ऋण खोजेर भएपनि बस खरिद गरेर सेवा सञ्चालन गरेको खुन्द्रुदेवी आमा समूहका अध्यक्ष त्रिकाशी गुरुङले बताउनुभयो ।

गाउँमा बस सञ्चालनका लागि सो आमा समूहले करिब रु ३७ लाख खर्च गरेका छन् । करिब रु. ३५ लाखमा बस खरिद गरेको र त्यसबाहेक करिब रु. दुई लाख रुट इजाजतका लागि तिर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

समूहमा जम्मा भएका वाहेक रु. ३० लाख ऋण खोज्न बाध्य भए, अध्यक्ष गुरुङले भन्नुभयो – बस खरिद गरेर पनि बाटो फराकिलो नहुँदा एक महिना थन्किएको थियो ।

“बस किनेको एक महिना भयो, गाउँनिरको पाँच घुम्ती साँघुरो भएका कारण एक महिनासम्म चलाउनै पाइएन” उहाँले भन्नुभयो “अहिले घुम्तीको बाटोलाई फराकिलो बनाएपछि बस सञ्चालनमा आएको छ, यसबाट गाउँलेलाई यात्रा गर्न सहज भएको छ ।”

नाल्माका स्थानियबासीले आफ्नै लगानीमा गाउँसम्म पुग्ने मोटरबाटो बनाएका छन् । साविकको गाउँशहर काउलेपानीदेखि नाल्मा गाउँसम्मको सडक ट्रयाक खोल्न स्थानीयले सहयोग एवम् चन्दा सङ्कलन गरी ५० लाखभन्दा बढी लगानी गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

वि.सं.२०७३ चैत १० बिहीवार ०३:१६ मा प्रकाशित

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...