काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकटकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालो मोसो दलेका छन् ।
शुक्रबार पाठ्यपुस्तकको अभाव गराएको भन्दै अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले कालाेमाेसाे दलेका हुन् ।
राजधानीसमेत, देशभर विद्यालयमा पाठ्यपुस्तकको चरम कृत्रिम अभाव गराएको आरोपमा झामाथि दुर्व्यवहार गरेका हुन् । विप्लवका विद्यार्थी नेता ललित बिकले आफूहरूले कालो मोसो दलेको जानकारी दिएका छन् ।
उनका अनुसार आगामी समय पनि विराेधका कार्यक्रम भइरहने छन् ।
वि.सं.२०७९ असार १७ शुक्रवार १७:०३ मा प्रकाशित






























