काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि बस्ने उक्त बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
तीनदिनसम्म चल्ने उक्त बैठकमा बैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनको समिक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे समेत छलफल हुने ढकालले जानकारी दिएका छन् ।
गत पुष १८ मा सम्पन्न माओवादी केन्द्रको आठौ महाधिबेशनले २४६ केन्द्रीय सदस्य रहेको केन्द्रीय समिति चयन गरेको थियो । सोहि समितिको पहिलो बैठकले पार्टीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै अध्यक्ष चयन गरेको थियो भने पदाधिकारी अहिलेसम्म चयन हुन सकेको थिएन ।
वि.सं.२०७९ असार १९ आइतवार १०:५४ मा प्रकाशित






























