back
CTIZAN AD

मधेशबाट किन बढारियो माओवादी ? यस्तो छ मधेश इन्चार्जको रिपोर्टिङ्ग

वि.सं.२०७९ असार १९ आइतवार

852 

shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा ल्यायो । ०७४ मा २१ पालिका जित्दै चौथो पार्टी बनेको माओवादी केन्द्र ०७९ मा आउँदा ९ पालिकामा सीमित हुँदै पाँचौ पार्टी बन्यो । मधेशमा माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीभन्दा पनि कमजोर अवस्थामा देखियो ।

मधेशबाट माओवादी केन्द्र किन बढारियो ? निर्वाचनदेखि अहिलेसम्म पनि माओवादीभित्र समीक्षा हुन सकेको थिएन । मधेश प्रदेशका इन्चार्ज गणेश शाहले आजदेखि सुरु केन्द्रीय समिति बैठकमा मधेश समीक्षाबारे रिपोर्ट प्रस्तुत गरेका छन् । शाहले आफ्नो रिपोर्टमा मधेशमा अन्तरघात भएको र अन्तरघातकै कारण माओवादीले लज्जास्पद हार व्यहोरेको बताएका छन् ।

“मधेशमा पार्टीले अपेक्षित परिणाम ल्याउन सकेन, यसको मुख्य कारण आन्तरिक असहयोग र गुटबन्दीले गर्दा नै हो”, उनले भनेका छन्, “गुटबन्दी यति बढ्यो कि पार्टीभित्र मनमुटाव तथा अन्तरसंघर्ष चुलिने अवस्था बन्यो । जुन अहिले पनि कायमै छ ।”

शाहले मधेशको नतिजाबारे गतिलो गरि समीक्षा गर्न माग गरेका छन् । “चुनावको बेला हाम्रो मधेशमा अप्रत्यासित पराजय भयो, यसबारे के गर्नुहुन्छ, केन्द्रीय समितिले निर्णय गरोस्”, उनले भनको छन्, “समीक्षा नगरी अगाडि बढ्न जटिल छ ।”

मधेशका मुख्य नेताहरुलाई राखेर पार्टी अध्यक्षले नै छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले मधेशको विषयमा छानबिन समिति नै गठन गर्न माग गरेका छन् । दोषी देखिएकालाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

शाहले प्रदेश कमिटी र पदाधिकारीको चयन तत्कालै गर्न पनि माग गरेका छन् । यदि समयमै प्रदेश कमिटी र पदाधिकारीको चयन नगरिए आगामी निर्वाचन माओवादीको निम्ति थप असहज बन्ने उनको निष्कर्ष छ ।

शाहले मधेशमा माओवादी अनुकुल नतिजा नआउनुको अर्को कारण गठबन्धन पनि रहेको बताएका छन् । मधेशमा गठबन्धन प्रभावकारी नभएको उनले बताए ।

वि.सं.२०७९ असार १९ आइतवार १३:५३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...