back
CTIZAN AD

माओवादीको केन्द्रीय समिति बैठक : पदाधिकारीको टुंगो यहि बैठकले लगाउनुपर्ने माग

वि.सं.२०७९ असार १९ आइतवार

732 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारीहरुको टुंगो यहि बैठकले लगाउनुपर्ने माग गरिएको छ ।

आजबाट सुरु केन्द्रीय समितिको बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले बैठक लम्ब्याएरै भएपनि केन्द्रीय पदाधिकारीहरुको टुंगो लगाउनु पर्ने माग गरेका हुन् ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले प्रदेशको रिर्पोटिङ गर्ने क्रममा पार्टीलाई भद्रगोल तरिकाले राख्न नहुने भन्दै बैठक लम्ब्याएरै पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने बताए ।

‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’ उनले भने ।

सोहि बैठकमा मधेश प्रदेश इन्चार्ज गणेश साहले पनि मधेश प्रदेशका पदाधिकारीहरुको टुंगो लगाउनुपर्ने माग राखेका थिए । उनले पार्टीले मधेशका ऐजेण्डाबारे छलफल नगरेको भन्दै पार्टीमा नेतृत्व बिहिनता अन्त्य हुनुपर्ने माग राखेका थिए । उनले मधेशमा पार्टी कमजोर भएको विषयमा समेत निमर्म समिक्षा गर्नुपर्ने बताए ।

साहले पार्टीले मधेशको आर्थिक तथा राजनीतिक मुद्दाका विषयमा छलफल नै नगरेको गुनासो गर्दै भने–‘यसबारे निमर्म समिक्षा हुनुपर्छ । चुनावमा मात्र मधेशमा समस्या आउने हैन ।’

यसअघि पाटी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको बैठकका ९ ऐजेण्डामा पदाधिकारीको टुंगोको विषय परेको छैन ।

वि.सं.२०७९ असार १९ आइतवार १३:५६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...