back
CTIZAN AD

एनआईसी एशिया बैंकको विभिन्न सेवाहरु टेलिकमको नेटवर्कमा निःशुल्क

वि.सं.२०७९ असार १९ आइतवार

930 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना विभिन्न सेवाहरु टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप, वेभसाइट , इसर्भ तथा इन्टरनेट बैंकिङ्ग एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको हो ।

यस सुविधा मार्फत बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी बैंकको मोबाइल बैंकिङ्ग एप, वेभसाइट , इसर्भ तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि आफ्ना यी सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको जनाएको छ ।

बैंकका अनुसार अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्राकिङ्ग आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्ने बैंकले जनाएको छ ।

यसैगरी, https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविड कार्ड रिपेल्समेन्ट आवेदन र इन्टा बाइ) ग्राहकहरूले सरल तरिकाले लिन सक्ने बताइएको छ ।

बैंकको अनुसार बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहकहरूले बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछ । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन लाभ क्याल्कुलेटर , इएमआइ क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।

इन्टरनेट बैंकिङ्गमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्ने बैंकले जनाएको छ ।

वि.सं.२०७९ असार १९ आइतवार १३:५९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...