back

माओवादी बैठकमा किन परेन एमसीसीको एजेण्डा ?

वि.सं.२०७९ असार १९ आइतवार

120 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्णं बैठक कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । बैठकमा छलफलका लागि विभिन्न नौ एजेण्डा प्रस्तुत भएको छ ।

पार्टी अध्यक्षले प्रस्तुत गरेको एजेण्डामा सपथग्रहण, प्रदेशतहको रिपोर्टिङ, अध्यक्षबाट पछिल्लो राजनीतिबारे रिपोटिङ्ग, संगठनात्मक विषय र आगामी प्रदेश र संघको निर्वाचनको तयारीलगायतका शीर्षक छन् । तर, बैठकमा माओवादीभित्र निकै चर्चा पाएको एमसीसीको एजेण्डा भने समेटिएको छैन ।

यसअघि बसेको दोस्रो केन्द्रीय समितिको बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको थियो । तर, लामो समयपछि बसेको बैठकमा एमसीसीको विषयले स्थान पाएन । न त पार्टी अध्यक्षबाट एमसीसीबारे एजेण्डा प्रस्तुत भयो न त अन्य नेताबाट एमसीसीबारे छलफल गर्न माग भयो । प्रचण्डले प्रस्तुत गरेको नौ एजेण्डा बैठकमा सुझाब बिना नै पास गरिएको थियो ।

तत्कालिन समय एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठसहितको समूहले निकै असन्तुष्टि जनाएको थियो । एमसीसी पारित प्रति असन्तुष्ट श्रेष्ठले तत्कालिन समय बेग्लै पार्टी बनाउने विषयमा समेत छलफल गरेको कुरा बाहिरिएको थियो ।

तर, अध्यक्ष प्रचण्डले तत्कालिन समय स्थानीय तहको निर्वाचन लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाएर छलफल चलाउने आश्वासन दिएका थिए । २० जेठमा बैठक बोलाइएको भएपनि बैठक बस्दै नबसी स्थागित भएको थियो । तर, भौतिक उपस्थितिमै बसेको बैठकमा एमसीसीले प्राथमिकता पाएन ।

केन्द्रीय समिति बैठक एमसीसीको विषयले प्राथमिकता नपाउनुलाई माओवादीभित्र एमसीसी विरोधी समूह क्रमशः मथ्थर हुँदै गएको बुझ्न सकिन्छ ।

वि.सं.२०७९ असार १९ आइतवार १५:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...