
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाम्रीण क्षेत्रमा माओवादी मजबुद देखिएको बताएका छन् । पार्टीको तेस्रो केन्द्रीय समितिको पूर्णं बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैै प्रचण्डले यस्तो निष्कर्ष सुनाएका हुन् ।
स्थानीय तहको निर्वाचनलाई समीक्षा गर्ने क्रममा प्रचण्डले शहरी क्षेत्रमा भने पार्टीको जनमत निकै कमजोर रहेको निष्कर्ष सुनाएका छन् । आगामी दिनमा शहरी क्षेत्रमा चुनावी रणनीतिमा नै आमूल परिवर्तन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
प्रचण्डले आफ्नो प्रतिवेदनमा शहरी क्षेत्रमा कांग्रेस बलियो हुँदै गरेको तर, ग्रामिण क्षेत्रमा भने तुलनात्मक रुपमा कमजोर हुँदै गएको विश्लेषण गरेका छन् । तर, एमाले भने शहर र गाउँमा उस्तै भएको प्रचण्डको विश्लेषण छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले प्रमुखतर्फ नगरपालिकामा ८.६ प्रतिशत र ग्रामिण क्षेत्रमा २०.९ प्रतिशत जित हात पारेको थियो ।
यस्तो छ प्रचण्डको संक्षिप्त राजनीतिक प्रतिवेदन