
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २१२० नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका ५३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७९ हजार ८०१ पुगेको छ । साथै आज निको भएका २० जनासँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५१६ पुगेको छ ।
त्यसैगरी कूल संक्रमित मध्ये हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयद्धारा जारी विवरण अनुसार नेपालमा हाल ३३३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३२९ जना होम आइसोलेशमा, ४ जना संस्थागत, ४ जना आइसीयु र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ४७ हजार ४४ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।