back
CTIZAN AD

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकामा

वि.सं.२०७९ असार १९ आइतवार

615 

shares

विजय थापा, अमेरिका । नेपाली कांग्रेसमा महामन्त्री बिश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एनसिसिको ज्ञान सम्मेलन तथा साधारणसभामा सहभागी हुन् अमेरिका आएपुगेका छन् ।

जुलाई २ का दिन डिसीक्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका महामन्त्री शर्मालाई नर्थ क्यारोलाइनामा आयोजकहरुले स्वागत गरेका थिए ।

अमेरिकाको ¥याले शहरस्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न ११ औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनमा भाग लिन शर्मा त्यहाँ पुगेका हुन् ।

गैरआवासीय नेपाली संघले उठान गरेको गैरआवासीय नागरिकता लगायत बिषयमा उनको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहेको बताइएको छ ।

नेपालमा आगामी निर्वाचन र संसदमा रोकिएर बसेको गैरआवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यसतर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त बिषयमा सकारात्मक कदम चाल्दै आएको बताइएको छ ।
दुई दिने उक्त कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहने छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाको संदेश समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

May be an image of 14 people, people sitting, people standing and indoor

वि.सं.२०७९ असार १९ आइतवार १७:२८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...