back

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकामा

वि.सं.२०७९ असार १९ आइतवार

480 

shares

विजय थापा, अमेरिका । नेपाली कांग्रेसमा महामन्त्री बिश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एनसिसिको ज्ञान सम्मेलन तथा साधारणसभामा सहभागी हुन् अमेरिका आएपुगेका छन् ।

जुलाई २ का दिन डिसीक्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका महामन्त्री शर्मालाई नर्थ क्यारोलाइनामा आयोजकहरुले स्वागत गरेका थिए ।

अमेरिकाको ¥याले शहरस्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न ११ औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनमा भाग लिन शर्मा त्यहाँ पुगेका हुन् ।

गैरआवासीय नेपाली संघले उठान गरेको गैरआवासीय नागरिकता लगायत बिषयमा उनको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहेको बताइएको छ ।

नेपालमा आगामी निर्वाचन र संसदमा रोकिएर बसेको गैरआवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यसतर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त बिषयमा सकारात्मक कदम चाल्दै आएको बताइएको छ ।
दुई दिने उक्त कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहने छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाको संदेश समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

May be an image of 14 people, people sitting, people standing and indoor

वि.सं.२०७९ असार १९ आइतवार १७:२८ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...