back
CTIZAN AD

प्रचण्ड भन्छन्– राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो

वि.सं.२०७९ असार १९ आइतवार

741 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् । काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढिरहेको उल्लेख गरेका हुन् ।

नयाँ र सकारात्मक परिस्थितिका बाबजुद देशमा प्रतिगमनकारी षड्यन्त्र र चलखेल जारी छ,’ प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’

प्रचण्डले देशको आर्थिक अवस्थामा पनि गम्भीर संकटका संकेतहरू देखिएको उल्लेख गरेका छन् । व्यापार घाटा बढेको र विदेशी सञ्चिति घटेको प्रचण्डले उल्लेख गरेका छन् ।

‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरू देखा परेका छन् । सबैजसो क्षेत्रका आर्थिक सूचकांकहरू नकारात्मक छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको छ । व्यापारघाटा १५ खर्ब ७ अर्ब पुगेको छ भने विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा छ ।’

वि.सं.२०७९ असार १९ आइतवार १८:०६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...