काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ ।
पार्टीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका विभिन्न १३ केन्द्रीय विभागका सचिवहरुको मनोनयन गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वित्त तथा आर्थिक विभागको सचिवमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी, संसदीय विभागमा डा.सुर्य पाठक, सामाजिक सेवा विभागमा नेत्र तिम्सिना, संस्कृति विभागमा राजेश थापा, स्थानीय तह विभागमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्र विभागमा डा. अन्जान शाक्य, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागको सचिवमा डिल्लीराम मैनालीलाई मनोनयन गरेको छ ।
वि.सं.२०७९ असार १९ आइतवार १८:१९ मा प्रकाशित






























