
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ३७३ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३७३ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएका हुन् ।
यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि थप गरेर ३७७ पुर्याइएको हो । जसमा चार जनाको नाम पछि थपिने गरि खाली राखिएको छ ।
त्यसैगरी केन्द्रले ८ सदस्यको नाम पछि थप्ने गरी ९४ सदस्यीय बैकल्पिक केन्द्रीय सदस्यको नामावाली समेत सार्वजनिक गरेको छ ।
यस्तो छ सूची