
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालयका पाँच सदस्यबीच आज भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच आइतबार भेटवार्ता भएको हो ।
प्रचण्डको सचिवालयका अनुसार भेटका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससङ्गको गठबन्धन आदि विषयमा छलफल भएको छ । साथै नेतृत्वतहको यो छलफललाई निरन्तरता दिने बताइएको छ ।
गत साता नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टीको घोषणा गरे लगत्तै विभिन्न पार्टीका शिर्ष नेताहरुसँगको भेटघाट तथा सक्रियता बढाएका नेता वामदेव गौतमले आज दाहाल, नेपाल, खनाल र श्रेष्ठसँग पनि भेटवार्ता गरेका छन् । यसलाई कम्युनिष्ट पार्टीबीच एकता गराउने गौतमको अभियान सकारात्मक बन्दै गएको बताइएको छ ।