back
CTIZAN AD

दुवईबाट आएका एक यात्रु बच्चाको कपडाको बटनमा लुकाएर ल्याएको सुनसहित पक्राउ

वि.सं.२०७९ असार २० सोमवार

846 

shares

काठमाडौं । दुवईबाट नेपाल आएका एक व्यक्तिले टाकमा सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
भिजिट भिसामा दुवई गएर फर्किएका सुमन दमाई भन्ने व्यक्तिले बच्चाको कपडाको टाकमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका अनुसार दुबईबाट काठमाडौं आएका उनको लगेज चेक गर्ने क्रममा बच्चाको पाँचवटा सिंगल पिस कपडामा १२५ ग्राम सुन फेला परेको हो ।

भिजिट भिसामा दुवई पुगेका दमाईले त्यहाँ काम नपाएपछि फर्किनेक्रममा एयरपोर्टमा नचिनेको व्यक्तिले आफन्तको बच्चाको लागि कपडा नेपालसम्म पुर्यादिन भनेपछि लिएर आएको प्रहरी समक्ष बयान दिएका छन् ।

उनले ल्याएको कपडाको बटनको भित्रि भागमा सुनको ६० वटा रिङ बनाएर फिट गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ असार २० सोमवार १६:१६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...