back
CTIZAN AD

प्रचण्ड निवासमा शीर्ष नेताहरुको बैठक, पदाधिकारी टुंग्याउने तयारी

वि.सं.२०७९ असार २१ मंगलवार

756 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयनको लागि आन्तरिक छलफलमा जुटेका छन् । केन्द्रीय समिति बैठक स्थगित गरेका अध्यक्ष प्रचण्डले पूर्वस्थायी कमिटी सदस्य र प्रदेश इन्चार्ज सहभागि गराएर पदाधिकारी चयनबारे छलफल सुरु गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा पदाधिकारी, स्थायी समिति सदस्य र पोलिटब्यूरो टुंगो लगाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आवश्यक गृहकार्यका लागि छलफल सुरु भएको जानकारी दिए ।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको तेस्रो बैठकमा सहभागि सदस्यहरुले पदाधिकारी चयन तत्कालै गर्नुपर्ने माग राखेका थिए । सदस्यहरुले आवश्यक परे बैठक लम्ब्याउन पनि सुझाएका थिए । बैठकमा पदाधिकारी चयन पछि अन्य विषयमा प्रवेश गर्नुपर्ने माग उठेको छ ।

मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, पदाधिकारी चयनको विषय टुंग्याउन सकस बनेसँगै प्रचण्डले बैठक नै स्थगित गरेर खुमलटारमा बैठक बसालेका हुन् ।

माओवादीभित्र विशेषगरी महासचिव पदको विषयले किचलो बनेको छ । गत पुसमा पदाधिकारी चयन गरेर महाधिवेशन सक्ने कार्यसूची बनाइएको भएपनि महासचिवकै विषयले महाधिवेशन पदाधिकारी चयन नै नगरी स्थगित भएको थियो ।

वि.सं.२०७९ असार २१ मंगलवार १२:४६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...