back
CTIZAN AD

तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०७९ असार २३ बिहीवार

819 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। प्रतिष्ठित काम शुभारम्भ हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्न सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम खर्चिलो बन्न सक्छ। सानो उपलब्धिका लागि ठूलो वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। अचल धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्। आम्दानी सुरक्षामा समस्या पर्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विशेष कर्म प्राप्तिको योग छ। अवसर जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। विशिष्ट व्यक्तिको सहयोगले आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम प्राप्त गर्न सफल भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले सामाजिक काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा समेत प्रगति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनेछ र प्रतिकूल परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। तर, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ। आम्दानी भए पनि परिस्थिति खर्चिलो रहनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। खर्च लागे पनि नयाँ कामतर्फ अग्रसर हुने समय छ।

२०७९ असार २३ गते, बिहीवार, (७ जुलाई २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज असार २२ गते बुधवारको राशिफल भन्छ–यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७९ असार २३ बिहीवार ०७:५४ मा प्रकाशित