back
CTIZAN AD

प्रधानमन्त्री र नाडा पदाधीकारीबीच भेट, सवारी साधन आयातमा लागेको प्रतिवन्ध हटाउन नाडाको माग

वि.सं.२०७९ असार २३ बिहीवार

798 

shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले बुधबार प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरी सवारी साधन आयातमा लागेको प्रतिवन्ध हटाउन माग गरेको छ ।

प्रधानमन्त्री देउवा नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको नाडाले जनाएको छ । नाडाका अनुसार प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताहरुले नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापनागरी बढदो व्यापार घाटा कम गर्न सुझावसमेत दिएका छन् ।

अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरुमध्ये कार, जीप र भ्यानजस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्याउने बताए । यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको उनको भनाई थियो । यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारीसाधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए ।

No description available.

अध्यक्ष थापाले ‘नाडा अटो एक्स्पो २०२२’ आगामी भाद्र ७ गते देखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरेकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले एक्स्पोका लागि समेत नयाँ सवारीसाधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरिदिन आग्रह गरेका थिए ।

भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

वि.सं.२०७९ असार २३ बिहीवार ११:३१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...