back
CTIZAN AD

पदाधिकारी टुंगो लगाउने तयारीमा माओवादी, यी हुन् सम्भावित नाम

वि.सं.२०७९ असार २३ बिहीवार

810 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञा भवन काठमाडौंमा जारी छ । आजको बैठकबाटै पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी टुंगो लगाउने तयारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्ने विषयमा यसअघि नै सहमति भएको थियो ।

माओवादीभित्र उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित भएतापनि महासचिवलगायत अन्य पदाधिकारी चयनको केही सकसपूर्णं देखिन्छ । मुख्यतः एक पद मात्र रहेको महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा दुवैले दाबेदारी प्रस्तुत गरेका छन् । पूर्वस्थायी समिति बैठकले सकेसम्म दुईबीचमा सहमति जुटाउने नसके विकल्प पनि खोज्ने सहमति दिएको थियो । बैठकले तेस्रो विकल्पका रुपमा उपयुक्त पात्रलाई ल्याउन सक्ने अवसर पनि अध्यक्षलाई दिएको छ ।

माओवादीभित्र महासचिवमा जनार्दन र वर्षमानसँगै पम्फा भुसाल, शक्ति बस्नेत र कृष्णबहादुर महराको चर्चा पनि छ ।

यता, महासचिव पद नदिएमा सचिवमा पम्फा भुषालको नाम निश्चित छ । सचिवमा उनीसँगै गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणी पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको । कोषाध्यक्षमा भने हरिबोल गजुरेलले दोहोरिन सक्ने सम्भावना छ ।

माओवादी केन्द्रको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि आवश्यक्ताअनुसार थप गर्न सक्ने अधिकार केन्द्रिय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ । यद्धपी, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रिय समितिको तेस्रो केन्द्रिय समितिको पुर्ण बैठकबाट ५ महिना भन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगो लाग्नेछ ।

महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादीभित्र छ ।

वि.सं.२०७९ असार २३ बिहीवार १२:२४ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...