back
CTIZAN AD

आज यी पाँच प्रदेशमा भारी वर्षा र यी नदीको वहाव बढ्ने सम्भावना !

वि.सं.२०७९ असार २४ शुक्रवार

921 

shares

काठमाडौं । हाल देशैभरी सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण देशैभरी आँशिकदेखि सामान्य बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश नं १ र मधेश प्रदेशका एक–दुई स्थानहरु साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यसैगरी आज महाकाली नदीको वहाब उल्लेख्ञ बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने हु्नाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज पाँचथर, ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङजा, गुल्मी, बाग्लुङ, सुर्खेत, दैलेख, अछाम, बाजुरा, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर र आसपास भएर बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव बढ्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

May be an image of map and text

वि.सं.२०७९ असार २४ शुक्रवार ०९:३६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...