back
CTIZAN AD

को हुन् जापानका पूर्वप्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति ?

वि.सं.२०७९ असार २४ शुक्रवार

924 

shares

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार गोली हानी हत्या गरिएको छ । जापानी सहर नारामा आबेले एक र्‍यालीलाई सम्बोधन गरिरहेका बेला उक्त घटना भएको हो । घटनामा संलग्नलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ । आक्रमणकारीले पूर्वप्रधानमन्त्रीलाई पछाडिबाट गोली हानेका थिए । उनको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।

पूर्व प्रधानमन्त्री शिन्जो आबेले शुक्रबार स्थानीय समयअनुसार बिहान ११ः३० बजे नारा शहरमा कन्सुलर चुनावका लागि भाषण दिइरहेका थिए । नारा शहरको यमातोसैदाइजी स्टेशन नजिकै र्‍याली निकालिएको थियो । भाषण गरिरहेका बेला उनीमाथि आक्रमण भएको थियो । उनको तीन घण्टा अस्पतालमा उपचार भए पनि उनको ज्यान बचाउन सकिएन ।

दस मिनेटभित्र गोली प्रहार

जापान टाइम्सका अनुसार घटनाको समयमा योमिउरी शिम्बुन घटनास्थलमा थिए। उनले पूर्व प्रधानमन्त्री शिन्जो आबे बिहान ११।२० बजे घटनास्थल पुगेको जानकारी दिए । उनले लिबरल डेमोक्र्याटिक पार्टीको कन्सुलर उम्मेदवार परिचय गराउन थालेपछि एक युवकले पछाडिबाट गोली हानेका थिए । त्यतिबेला ठूलो आवाज सुनियो । युवकसँग लामो ट्यूब जस्तो हतियार थियो।

१५ मिनेटपछि एम्बुलेन्स आइपुग्यो

जापानी पत्रकार योमिउरी शिम्बुनका अनुसार पूर्वप्रधानमन्त्रीलाई गोली लागेको १५ मिनेटपछि एम्बुलेन्स आइपुग्यो । यससँगै उनलाई अस्पताल लगियो । त्यतिन्जेल धेरै रगत बगिसकेको थियो । गोली लागेपछि आबेलाई हृदयघात पनि भएको थियो । ६७ वर्षीय आबे पहिलेदेखि नै गम्भीर रोगसँग लडिरहेका थिए।

को हुन् आक्रमणकारी ?

जापान टाइम्सका अनुसार शिन्जो आबेलाई गोली हानेर हत्या गर्ने संदिग्धको नाम तेत्सुया यामागामी रहेको छ। उनको उमेर ४१ वर्ष छ । उनी नारा शहरका बासिन्दा हुन् । प्रहरीले उनीसँग अझै सोधपुछ गरिरहेको छ । उनी जापानी नौसेनाका पूर्वसैनिक भएको बताइएको छ । उनी सन् २००५ मा रिटायर भएका थिए ।

जापानी सञ्चारमाध्यमका अनुसार आरोपीले सोधपुछका क्रममा हत्याको प्रयास गरेको स्वीकार गरेका छन् । उनले आबेसँग आफू असन्तुष्ट रहेको बताए। मिडिया रिपोर्टका अनुसार सिन्जो आबेलाई गोली हानेर हत्या गर्ने व्यक्ति पत्रकारको रुपमा कार्यक्रममा पुगेका थिए । उनले साथमा बन्दुक बोकेका थिए । एजेन्सीबाट

वि.सं.२०७९ असार २४ शुक्रवार १७:१५ मा प्रकाशित

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...