back
CTIZAN AD

माओवादी केन्द्रद्धारा ३ समिति गठन

वि.सं.२०७९ असार २५ शनिवार

675 

shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तीन वटा समिति गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैंठकले सो समिति गठन गरेको हो ।

बैठकले गत स्थानीय निर्वाचनमा पार्टी भित्रबाटै घात अन्तर्घात भएको गुनासो आएपछि त्यसको छानवीन गर्न समिति गठन गरेको छ । बैठकले टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सम्मिलित ३ सदस्यीय छानवीन समिति गठन गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

त्यसैगरी, बैठकले विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउन सुझाब समिति गठन गरेको छ । सो सुझाव समितिमा पुर्वविद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । प्रवक्ता महराका अनुसार सो सुझाव पेश गरेपछि पार्टीले निर्णय गर्नेछ ।

त्यस्तै, बैठकले आगामी चुनावसम्मका लागि प्रदेश समन्वय समिति गठन गरेको छ । केन्द्र र प्रदेशको बीचमा समन्वय कायम गर्नका लागि सो समिति गठन गरिएको प्रवक्ता महराले जनाएको छ । उनका अनुसार सो समिति भित्र पार्टीका सबै केन्द्रिय सदस्य रहने छन् ।

वि.सं.२०७९ असार २५ शनिवार १३:०४ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...