back
CTIZAN AD

पालिकाद्धारा कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण

वि.सं.२०७९ असार २६ आइतवार

1.7K 

shares

डोटी । जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ ।

प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रशिद्ध मानिँदै आएको छ ।

कृषि विकास कार्यालयले यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने कार्य सुरु गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए । कृषि विकास कार्यालयले वितरण सुरु गरेका बिरुवामा सुन्तला, कागती, लिची, आँपलगायत रहेका छन् ।

सुन्तलाका बिरुवा कम्तीमा एक हजार २०० जति रहेको बताइएको छ । पालिकाभरिका किसानलाई सुन्तला तथा अमिलो लगायतका नगदेखेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्करुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

 

वि.सं.२०७९ असार २६ आइतवार १६:३८ मा प्रकाशित

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...