काठमाडौं । नेपालमा आज कोरोनाबाट थप १२१ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०४५ नमुना परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १२१ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार ३१७ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका ३१ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ ।
सोहि अवधिमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । ती मध्ये ६६२ जना होम आइसोलेशनमा, १६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ७ जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ । साथै पछिल्लो २४ घण्टामा १० हजार ५६७ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।
आज एकैदिन थपिए १०२ जना कोरोना संक्रमित, ३१ जना संक्रमण मुक्त
वि.सं.२०७९ असार २६ आइतवार १६:०६ मा प्रकाशित






























