back
CTIZAN AD

नेता रिजालको कटाक्ष–भाइ, छोरी–ज्वाइँलाई पोलिट्ब्युरो, सांसद, मेयर राजापाक्षे–पथकै अनुकरण

वि.सं.२०७९ असार २६ आइतवार

843 

shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली राजनीतिमा केही पार्टीहरुले श्रीलंकाका राजापाक्ष–पथतिर लागेको आरोप लगाएका छन् ।

नेपाली राजनीतिमा केही पार्टीभित्र देखिएको परिवारवादले मुुलुक खोक्रो हुने र परिवार मोटाउने र अन्ततः राजनीतिमा राजापाक्षे परिवारकै नियति भोग्नुपर्ने टिप्पणी उनले गरेका छन् ।

‘भाइ, छोरी–ज्वाइँलाई पोलिट्ब्युरो, सांसद, मेयर, छोरालाई स्यानिटरी प्याडको जिम्मा, श्रीमतीलाई व्यापारी डिल गर्ने जिम्मेवारी– नेपाली राजनीतिमा राजापाक्षे–पथकै अनुकरण हो, जसबाट क्रमशः मुुलुक खोक्रो हुन्छ, परिवार मोटाउँछ र अन्ततः राजनीतिमा राजापाक्षे परिवारकै नियति भोग्दछ ।’रिजालले सामाजिक संजालमा लेखेका छन् ।

उनले राजनीतिमा नातावाद, कृपावाद र परिवारवादका कारण मुलुक अन्ततः श्रीलंका बन्ने बताउँदै भनेका छन्– राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, रक्षामन्त्री– सबै पद परिवारमै राखेको राजापाक्षे परिवारले आज श्रीलंकालाई जहाँ पुर्याएको छ, त्यसैको परिणामस्वरुप राष्ट्रपति भाग्नुपरेको छ । प्रधानमन्त्रीको घरमा जनताले आगो लगाएका छन् । देश पूरै ठप्प छ । कुनैबेला दक्षिण एसियामा सबै मानव विकास सूचकांकमा अघि रहेको श्रीलंका आज टाट पल्टेर संसारसँग भिख मागिरहेको छ ।’

 

वि.सं.२०७९ असार २६ आइतवार १५:५३ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...