back
CTIZAN AD

उथलपुथलमा श्रीलंका : प्रधानमन्त्री र राष्ट्रपति भागे, जनता सडकमै

वि.सं.२०७९ असार २६ आइतवार

879 

shares

काठमाडौं । श्रीलंकामा आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शन जारी छ। प्रदर्शनकारीले कार्यवाहक प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी घरमा आगजनी गरेका छन् । सुरक्षा बलको जवाफी कारबाहीमा ६ पत्रकारसहित ६४ जना घाइते भएको बताइएको छ ।

यसअघि शनिबार दिउँसो आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा कब्जा जमाएका थिए । राजापाक्षे राष्ट्रपति निवासबाट भवनबाट भागेका छन् । उनीहरु कहाँ छन् कसैलाई थाहा छैन । उनी श्रीलंकामा छन् वा छैनन् भन्ने पनि खुलाइएको छैन । उनले गत जुलाई १३ मा राजीनामा दिनेछन् ।

राष्ट्रपति भवन जनताले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले पदबाट राजीनामा दिएका थिए । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका थिए । राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए, जसमा सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए । श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएमा सभामुख एक महिनाका लागि अन्तरिम राष्ट्रपति बन्न सक्नेछन् ।

श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ । गामा भनेको सिंहली भाषामा गाउँ हो। एक ठाउँमा जम्मा भएका आन्दोलनकारीले पाल टाँगेर सवारी साधनको हर्न बजाएर राष्ट्रपति र सरकारविरुद्ध गोटा गो(गामाको नारा लगाएका थिए ।

उनीहरुको उद्देश्य राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट हट्न बाध्य पार्ने थियो। यसैबीच अध्यक्ष गोटबायाको तर्फबाट पार्टीको निर्णयलाई सम्मान गर्ने बताइएको छ । गोटबायाविरुद्ध यति धेरै आक्रोश छ कि पेट्रोलको पैसा नहुँदा मानिसहरु पैदल हिँडेर आन्दोलनमा सहभागी हुन आएका छन् ।

सर्वदलीय सरकार गठनको प्रयास

श्रीलंकामा प्रधानमन्त्री र राष्ट्रपति भागेसँगै अवस्था नियन्त्रणमा छैन् । जनता सडकमै छन् । यसैबीच, श्रीलंकाका प्रमुख विपक्षी दलहरूले सर्वदलीय सरकारको गठनको पहल गरेका छन् । प्रमुख विपक्षी समगी जन बलवेगयाको बैठकमा सबैजसो विपक्षी दलका नेताहरु सहभागि भएका छन् ।

विपक्षी दलहरुले तत्कालको लागि सहमतिमै सरकार गठनको घोषणा गर्न लागेका छन् । सम्भवतः आज/भोलीमै गठन गर्ने तयारी उनीहरुको छ । सडकमा रहनेहरुको व्यवस्थापन गर्ने विषय चुनौतिपूर्णं भएको बताइएको छ ।

खाना पकाउने ग्यासको हाहाकार

रासायनिक मलमा प्रतिबन्ध लगाएपछि मुलुकमा खाद्य संकट उत्पन्न भएको छ । ग्यासको अभावका कारण मानिसहरु दाउराको चुलो बालिरहेका छन् । श्रीलंकाका मध्यमवर्गीय परिवारहरूले पनि आफ्नो खानाको उपभोग घटाएका छन्, किनकि उनीहरू यति महँगो खाद्यवस्तु लिन हिचकिचाउँछन्।

मेमा ३९.१ प्रतिशत रहेको मुद्रास्फीति जुनमा बढेर ५४.६ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फीतिलाई मात्रै हेर्दा मे महिनामा ५७.४ प्रतिशतबाट बढेर जुनमा ८०.१ प्रतिशत पुगेको छ ।

सेनाले पेट्रोल पम्पको अनुगमन गरिरहेको छ

श्रीलंकामा प्रहरी, सेना र वायुसेनासँग आम जनताको दैनिक झडप भइरहेको छ, किनभने उनीहरूले यहाँ पेट्रोल पम्पको निगरानी गरिरहेका छन् । विद्यालय, कलेज, अस्पताल बन्द छन् । त्यसैले युवाहरू आफ्नो परिवार घरमै असहाय देख्न बाध्य छन्। एजेन्सीबाट

वि.सं.२०७९ असार २६ आइतवार १७:३९ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...