back
CTIZAN AD

जनसम्पर्क समिति यूकेले पायो पूर्णता, नेतृत्वको चक्रिय प्रणाली खारेज

वि.सं.२०७९ असार २८ मंगलवार

804 

shares

लण्डन । नेपाली जनजसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को वर्तमान कार्यसमितिको दोश्रो बैठक बसेको छ ।

जुन १० मा फेल्थामको केटीएम रक्समा बसेको नियमित बैठकले समितिको रिक्त बिभिन्न पदहरु पूर्ति गरी समितिलाई पूर्णता दिएको छ ।

समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जनसम्पर्क समिति बेलायतको मौजुदा विधान साथै नेपाली काँग्रेसको विधान तथा पार्टीको केन्द्रीय नियमावली धारा २१, उपधारा ७, घ बमोजिम बेलायतमा रहेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुमध्येबाट २० जनालाई नेपाली जनसम्पर्क समिति बेलायतको बिभिन्न पदहरुमा नियुक्ति गरेको छ ।

बैठकमा सभापति गुरुङलाई गत २२ फेब्रवरी २०२२ मा फेल्थाममा बसेको प्रथम बैठकले जिम्मेवारी प्रत्यायोजन गरेबमोजिम उपसभापतिमा इन्द्रमान गुरुङलाई र सहमहामन्त्रीमा क्षमता ढकाल, खड्ग चेम्जोङ र टपेन्द्र राईलाई नियुक्तिको लागि गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारीत गरेको हो ।

त्यस्तै कार्यसमितिको मनोनित सदस्यहरुको रिक्त पदमा थर्क राज जिमी, प्रितम गुरुङ, असल लिम्बू, प्रदीप बान्तवा, प्रमिला केसी, नेरन्द्र तुम्बापो, योगेन्द्र विक्रम तावा, ईश्वर गुरुङ, मन कुमार राई, शिव कुमार राई, धु्रब गुरुङ र पूर्ण कुमार क्षेत्रीलाई नियुक्त गरी जनसम्पर्क समिति बेलायतको कार्यसमितिलाई पूर्णता दिइएको हो ।

नियुक्त भएका २० जनासहित अब नेपाली जनसम्पर्क समिति यूकेको केन्द्रीय कार्यसमितिको सदस्य संख्या ५० पुगेको छ ।

बैठकले जनसम्पर्क समिति बेलायतको विभिन्न विभागहरु गठन गर्ने प्रकृयामा महामन्त्री रोमियन लिम्बूलाई महिला विभाग गठन गर्न संयोजक तोक्दै आगामी बैठकले अन्य विभागीय प्रमुखहरु तोक्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, बैठकले जनसम्पर्क समिति बेलायतको विधानको धारा १६, ञ बमोजिम कार्य सम्पादन समिति गठन गर्ने जिम्मा र चालु कार्यकालको लगि सल्लाहकारहरुको नामावली प्रस्ताव गर्ने जिम्मेवारी सभापतिलाई दिएको छ ।

नेतृत्वमा चक्रिय प्रणाली खारेज
त्यसैगरी बैठकको सबैभन्दा महत्वपूर्ण निर्णय भने गत बर्ष समितिको पाँचौं अधिवेशनले चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक बर्ष नेतृत्व गर्ने निर्णयलाई खारेज गरेको छ । पूर्व सभापतिहरु महेश कुमार दाहाल र युवराज सिंहसमेत उपस्थित बैठकले नेपाली काँग्रेसको कुनै पनि तहको विधिविधानमा आजसम्म कहीं कतै चक्रीय प्रणालीको व्यवस्था र अभ्यास नभएको र नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले समेत उक्त निर्णय खारेज गर्न निर्देशन प्राप्त हुँदा बैठकले उक्त निर्णय खारेज भएको हो ।

बैठकको यस निर्णय अनुसार अब बाँकी कार्यावधि वर्तमान सभापति युवराज गुरुङले नै गर्ने भन्ने सहमति भएपनि आज बैठकमा अनुपस्थित पूर्व उपसभापति कोपिला लिम्बूलाई पनि सहमति गराएर पार्टीको मूल धारमा ल्याउने युवराज गुरुङ, महेश दाहाल र युवराज सिंह तीनै जनाले प्रयास गर्ने प्रतिवद्ता जाहेर गरेका छन् ।

वि.सं.२०७९ असार २८ मंगलवार १७:३६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...